बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

पत्रकार आचारसंहिता उल्लंघनका उजुरी बढ्दै, जागरण अभियान शुरु

५ मंसिर,काठमाडौं । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ ।

पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको छ ।

अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तरक्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

जागरण अभियान देशैभरि सञ्चालन गरिने छ । पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लघनका उजुरी बढ्दै गएको छ । ३ महीनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लघन सम्बन्धी उजुरी परेका छन् ।

यस आर्थिक वर्ष २०७५-७६ को गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् ।

आव २०७४-०७५ मा १६५ वटा उजुरी परेका थिए । नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।

आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्ने लगायत १५ बुँदा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE