मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

ब्राजिलको साँघुरो जीतमा नेयमार घाइते, क्यामरुन पराजित

५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ ।

दक्षिण अ‍ेमेरिकी टोली ब्राजिलले अफ्रिकी प्रतिद्वन्द्वी क्यामरुनमाथि १-० ले जितेको हो । खेलको आठौं मिनेटमै ब्राजिलका कप्तान नेयमारको खुट्टाको मांशपेशीमा समस्या आएपछि उनले मैदान छाडेका थिए ।

उनको ठाउँमा मैदान प्रवेश गरेका रिचार्लिसनले ४५ औं मिनेटमा एक गोल गरे । दोस्रो हाफमा कुनै पनि टोलीले गोल थप्न नसक्दा एभर्टनका खेलाडी रिचार्लिसनकै गोल निर्णायक बन्यो ।

स्टार खेलाडी नेयमार घाइते भए पनि उनको चोट गम्भीर नभएको बताइएको छ । उनी हाल फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जमेर्न (पि.एस.जी) बाट खेल्दै आएका छन् ।

उता विश्व विजेता फ्रान्सले उरुग्वेलाई हराएको छ । गएराति भएको खेलमा फ्रान्सले उरुग्वेलाई १-० ले हराएको हो । उसको जितका ओलिभर जिरुले ५२ औ मिनेटमा पाएको पेनाल्टी अवसरमा गरेको गोल नैं निर्णायक बनेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE