शुक्रबार, माघ २, २०७७
Friday, January 15, 2021

सुष्मा स्वराज चुनावी राजनीतिबाट संन्यास लिँदै

५ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छिन् ।

६६ वर्षिय उनी आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् । निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाई छ ।

सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित सुष्मा स्वराज भारतको विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् ।

भारतको सर्वाेच्च अदालतकी अधिवक्तासमेत रहेकी स्वराज मृगौलासम्बन्धी रोगबाट पीडित छिन् । सन् २०१६ मा मृगौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्यका कारण संन्यासको घोषणा गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE