नेकपाले पार्टी पुनः स्थापना दिवस भव्यताका साथ मनाउने

५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ भन्ने मूलनाराका साथ मंसिर ८ गते देखि साताव्यापी रुपमा नेकपा पुनः स्थापना दिवस मनाउने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रीय सदस्य एवं जनसभा प्रचार प्रसार उपसमितिका संयोजक मिलनले देशव्यापी प्रचार प्रसार र तयारीका कार्यक्रम अन्तिम चरणमा पुगेको बताए ।
उनले मंसिर ८ गते काठमाडौँको गङ्गबु, कालीमाटी तथा बबरमहलबाट जुलुस निकाली शहर परिक्रमा गरी रत्नपार्कको शान्तिवाटिकामा पुगेर जनसभा गर्ने बताए ।
पत्रकारले राखेको जिज्ञासामा कम्युनिष्ट पार्टीबीच तीव्ररुपमा धु्रवीकरण भइरहेको र विचार मिल्ने सच्चा कम्युनिष्ट शक्तिसँग एकता हुन सक्ने संयोजक मिलनले बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE