६ लाख चाँदीसहित भारतीय नागरिक पक्राउ, ५ जना जुवाडे प्रहरी नियन्त्रणमा

६ मंसिर, काठमाडौं । नेपालबाट भारततर्फ लैजाँदै गरेको ६ लाखभन्दा बढी मूल्यको चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
अवैध रूपमा लैजाँदै गरेको चाँदीसहित उनलाई प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट नियन्त्रणमा लिएको हो ।
भारत बिहार पश्चिम चम्पारण चनपटियाका गुलसन साह कानुलाई बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा आज बुझाउने तयारी भएको बताइएको छ ।
त्यस्तै पर्साको सखुवाप्रसौनि गाउँपालिकाबाट गए राति ५ जना जुवाडेलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
गाउँपालिकाको वडा नं.५ बुलवाटोलका जलन्धर यादवको घरबाट कैडा खेलिरहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको घरमा जुवा खेलिरहेको पूर्व सूचनाका आधारमा कारवाही गर्दा ६ जना २८ हजार नगदसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्साको बहुदरामाई नगरपालिका-५ का दीपनारायण महतो, मुखतार मियाँ, जोखु राउत वडा नं.५ का रामगुलाम यादव, जयराम राउत र दिनेश राम रहेका छन् ।
पक्राउ पर्ने सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेकोे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE