शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

राष्ट्रपति ट्रम्पले दिने ब्यग्यपूर्ण आलोचनाप्रति प्रधान न्यायाधीश रोबर्टसको कडा टिप्पणी

६ मंसिर, काठमाडौं । संघीय न्यायाधीहरुप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने ब्यग्यपूर्ण आलोचनाप्रति अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले कडा टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोनले पहिलो पटक राष्ट्रपति ट्रम्पविरुद्ध मुख खोलेका छन् । ट्रम्पले आफ्नो शरणार्थी नीतिबारे फैसला गर्ने न्यायाधीशहरुलाई ओबामा न्यायाधीश भनेपछि प्रधान न्यायाधीश रोबर्टस प्रतिवादमा उत्रिएका हुन ।

प्रधान न्यायाधीश जोनले आफुहरुसँग नत ओमामा न ट्रम्प, बुश र क्लिन्टन कुनै पनि खाले न्यायाधीश नभएको टिप्पणी गरे । अमेरिकी न्यायलयमा असाधारण र प्रतिबद्ध न्यायाधीशहरु रहेको भन्दै प्रधान न्यायाधीश रोवर्टसले स्वतन्त्र न्याय सम्पादनका लागि उनीहरुप्रति आभारी हुनुपर्ने बताए ।

ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ओबामा न्यायाधीश भएकैले आप्रवासन, सीमा र सुरक्षाका विषयमा आफ्नो नीतिमा अवरोध आएको उल्लेख गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE