शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

मंसिर ८ र ९ गते अन्तर्राष्ट्रिय डब्लुकेआइ कराते प्रतियोगिता हुँदै

६ मंसिर, काठमाडौं । इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तर्राष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरी कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए ।

श्रीलङकामा १५ औं अन्तर्राष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता सफलतापुर्वक सम्पन्न गरेको अनुभवका आधारमा नेपालमा हुने प्रतियोगितालाई पनि सफल बनाउने उपाध्यक्ष मोहन महर्जनले बताए ।

प्रतियोगिताको एक दिन अघि मंसिर ७ गते रेफ्री सम्मेलनसमेत हुने महासचिव राजु सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल बाहिरका खेलाडी तथा अफिसियलहरु नेपाल आइसकेको कार्यवाहक अध्यक्ष तामाङले बताए । प्रतियोगिता मंसिर ८ र ९ गते लैनचौरस्थित टेवुलटेनिस कभर्ड हलमा हुने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE