शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

नेकपाको सचिवालय बैठक बस्दै, एकीकरणबारे छलफल हुने

६ कार्तिक,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बोलाइएको बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल हुने छ ।

गाउँ, जिल्लासहितका पार्टीको तल्लो तहको एकीकरणसम्बन्धी प्रारम्भीक प्रस्ताव तयार गर्न गठित कार्यदलले प्राप्त सुझावका आधारमा तयार पारेको प्रारम्भीक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिने छ ।

यसैगरी पार्टीका केही नेताले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन गरेको मागका सम्बन्धमा छलफल हुने सम्भावना रहेको छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २१ केन्द्रीय सदस्यले हिजो सरकार र पार्टी संचालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । सरकारको काम-कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ ।

नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता-कार्यकर्ता मात्रै होइन, स्वयं प्रधामन्त्री पनि असन्तुष्ट छन् । उनले बुधबार मात्रै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE