शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

दलित अगुवा विकको निधन

६ मंसिर, काठमाडौं । बाजुरा जिल्लाका दलित अगुवा तथा नेकपाका नेता बूढीगंगा नगरकार्यपालिका सदस्य टीका विकको निधन भएको छ । बुधवार भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका उनको ४१ वर्षको उमेर निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

पित्तथैली र पेटको समस्याका कारण दिल्लीमा उपचार गराइरहेका उनको अस्पतालमै उपचारका क्रममा निधन भएको हो ।

उनले ६ महिना पहिले काठमाडौंँमा पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गराएका थिए । हलिया मुक्तिको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका विक २ दशकदेखि दलित अधिकारका पक्षमा संघर्षरत थिए । उनका श्रीमती र २ जना सन्तान छन् ।

राजनीतिक आस्था र विचारभन्दा माथि उठेर वर्गीय आन्दोलनका पक्षमा लड्ने व्यक्तित्व उनी बाजुराको नागरिक आन्दोलनकोसमेत अगुवाइ गरेका थिए ।

उनले सम्हालेको नेतृत्व र भूमिकाकै कारण हलियाको मुक्तिका लागि पुगेको बताइन्छ । विद्यार्थी जीवनदेखि नै समाजसेवा, विभेदरहित समाज र अन्यायका विरुद्धमा लड्ने स्वभावका उनी पार्टी राजनीतिमा हुँदा पनि समाज विकास र दलित समुदायलाई पहिलो प्राथाकितामा राखेर काम गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE