मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

थप १३८ जना नयाँ एचआइभी संक्रमित

७ मंसिर, काठमाडौं । चितवन जिल्लामा हालसम्म १३८ जना एचआइभी संक्र्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले संकलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र ५ जना बालबालिका रहेका छन् ।

फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष संक्रमित १० जनाको मृत्यु भएको छ ।
जसमध्ये ८ जना पुरुष र २ जना महिला रहेका छन् । हाल सो कार्यालयबाट एक हजार ६५९ जना दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले बताए ।

जसमा ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका रहेका छन् । सन् २०१७ मा १३५ जना नयाँ थिए । २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको भाइरल लोड परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए ।

कार्यालयले यस वर्ष ८६ हजार ६१२ वटा कण्डम वितरण गरेको छ । सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो ।

नेपालमा ३१ हजार २० एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ । हालसम्म १९ हजार ७०२ जना सम्पर्कमा रहेका छन् । जसमध्ये १५ हजार २६० ले देशका विभिन्न ठाउँबाट औषधि प्रयोग गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE