आज पनि नेकपा सचिवालयको बैठक बस्दै, प्रतिवेदनमाथि छलफल हुने

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरण टुंग्याउन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।
कार्यदलले हिजो बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन पेश गरेको थियो । महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको कार्यदलले जिल्ला, प्रदेश र जनवर्गीय संगठनमा रहने नामको रुजु गरेको थियो ।
हिजोको बैठकमा पेस गरिएको प्रतिवेदन अध्ययन गरी आजको बैठकबाट अनुमोदन गर्ने तयारी छ । साथै, पोलिटब्यूरोमा रहने संख्या र नाम सचिवालयले टुंग्याउने छ ।
बैठकबाटै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाट पनि हुनेछ । सचिवालय बैठकमा स्थायी समिति बैठक बोलाउने विषयमासमेत छलफल हुने बताइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE