बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमलाको प्रयास, सुरक्षाकर्मीद्वारा प्रयास विफल

७ मंसिर, काठमाडौं । पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल गरेको छ ।

शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । अधिकारीहरुका अनुसार एक प्रहरी घाइते भएका छन् । घटनामा चिनियाँ महावाणिज्य दूतावासका कर्मचारी तथा कुटनीतिज्ञ सुरक्षित रहेको बताइएको छ ।

बिहानै महावाणिज्य दूतावास अगाडी विस्फोट भएको थियो । स्थानीय संचारमाध्यमका अनुसार विस्फोट लगत्तै हतियारधारीहरु महावाणिज्य दूतावासभित्र प्रवेश गर्न खोजेका थिए ।

महावाणिज्य दूतावास सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले उनीहरुमाथि जवाफी हमला गरेको थियो । पृथकतावादी संगठन बलोच लिबरेशन आर्मीले सो हमलाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उक्त संगठनका प्रवक्ताले स्थानीय संचारमाध्यमलाई फोनबाट हमलाको जिम्मेवारीबारे जानकारी गराएको एजेन्सीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE