बिहिबार, माघ ८, २०७७
Thursday, January 21, 2021

डडेल्धुरा बस दुर्घटनाका मृतकहरुकोे सनाखत (नामसहित)

७ मंसिर, काठमाडौं ।डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवा खोलामा हिजो साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

डडेल्धुरा-डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् ।

डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा हिजो बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको थियो । डोटीको शिखर नगरपालिका-१२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नं.को बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिकाकी शशी बिक, शिखर नगरपालिका-११ की गोमा भाट जोरा, सोही ठाउँका कैलाश रावल, योगेन्द्र रावल, रोहित बलायर, नवदुर्गा गाउँपालिका-३ का चक्र धामी, तिलक खाती र टेक धामी रहेका छन् ।

त्यसैगरी नवदुर्गा गाउँपालिका-३ की माया रावल, गोदावरी नगरपालिका-१० का पुरन कठायत, गोदावरी नगरपालिका-२ का केशव कठायत, शारदा कठायत, शिखर नगरपालिका-७ डोटीका योगेन्द्र बोहरा, शंकर जोरा, दिपायल सिलगढी नगरपालिका-८ की शारदा रावल, धनगढी उपमहानगरपालिका नारायण चौधरी, शिखर नगरपालिका- १० का सागर बलायर तथा सोही नगरपालिका-११ का पदम बिक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका १४ जनालाई कैलालीस्थित सेती अञ्चल अस्पताल र तीन जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्य ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE