तनहुमा एक वृद्वाको शव फेला

७ मंसिर, काठमाडौं । पहिचान हुन नसकेको एक शव तनहुमा फेला परेको छ ।
शुक्लागण्डकी नगरपालिका-३ कवासेमा बन्दै गरेको एक घरमा शुक्रबार विहान सो शव फेला परेको हो ।
शव भएको स्थानबाट करिव २ सय मिटरमाथि बेसारेगौडा डाँडामा कपडा, चप्पल र बिस्कुट भेटिएको प्रहरीले जनाएको छ ।
सो स्थानबाट उनलाई उक्त घरमा ल्याइएको अनुमान गरिएको छ । ठाउँठाउँमा रगत देखिएको छ भने शवलाई छोपिएर राखिएको थियो । शवको अनुहारमा चोट लागेको छ ।
उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घरमा काम गर्न आएकी एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE