बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

जीप दुर्घटना, १ को मृत्यु, एक जना घाइते

७ मंसिर, काठमाडौं । धनकुटा नगरपालिका-२ भीरगाउँमा जीप दुर्घटना हुदाँ १ जनाको घटनास्थलमै मृत्य भएको छ ।

हिलेबजारबाट भीरगाउँतर्फ जाँदै गरेको को १ ज १६५४ नं.को तरकारी बोक्ने जीप दुर्घटना हुदाँ भीरगाउँका चालक ४२ वर्षिय प्रेम तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा मृत्तक तामाङ्गका ३९ वर्षिय भाई फत्तेबहादुर तामाङ्ग भने सामान्य घाईते भएका छन् । जीप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

मृत्तकको लास पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE