मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

पोखरा बजारमा बस दुर्घटना, एक जनाको मृत्यु

७ मंसिर, डडेल्धुरा । अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दलबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ७ बजेको समयमा दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नं.को बसले पैदल यात्री ४० वर्षिय भण्डारीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाईते उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पुर्याएपछि मृत्यु थियो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE