मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

बस दुर्घटनाका घाइतेको उपचारमा कमि हुन नदिन निर्देशन, उद्धारका लागि हेलिकप्टर (विज्ञप्तिसहित)

७ मंसिर, काठमाडौं । डोटी र दार्चुलामा बिहिबार साँझ र शुक्रबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा परी मृत्यु भएकाहरुको चीरशान्तीको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुदूरपश्चिम सरकारले विज्ञप्ति निकालेको छ ।

डोटी-डडेल्धुराको सिमानमा पर्ने रडुवा खोलामा हिजो साँझ ५ बजेर ४५ मिनेटमा विद्यालयको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै आज (शुक्रबार) बिहान दार्चुलामा भएको मिनीबस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । प्रदेश सरकारले निकालेको विज्ञप्तिमा भनिएको छ,‘दार्चुलामा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।’

घाइतेहरुको उपचारमा कुनै पनि कमि हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE