मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

हाम्रो नेपाल नेपालीलाई चिनाऔँ : तामाङ्ग

रारा तालमा पद यात्रा तथा सरसफाई अभियान हुँदै

७ मंसिर, काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने मूल नाराका साथ यही मंसिर १४ गते हुने भएको छ ।

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए ।

यो ताल समुद्र सतह देखि २,९७२ मिटर उचाईंमा रहेको छ । डोल्पाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदलयात्रा पछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा सिर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका छन् ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ताल नेपालकै सान र गौरब हो । धेरैले तालको नाममात्रै सुनेका छन् । हेर्ने अबसर पाएका छैनन् ।

आम नेपालीहरुले एक पटक रारा पुग्नै पर्ने भए पनि भौगोलिक कठिनाईसँगै योजनावद्ध रुपमा रारा पुग्ने वातावरण नभएकोले चाहेर पनि जान सकिएको छैन । तर ‘आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि’ ले विगत २ वर्षदेखि योजनाबद्ध रुपमा ‘राराताल भ्रमण’ सुलभ दरमा गराउंदै आएको छ ।

उसले यही मंसिर १४ गते प्रस्थान गरि ६ रात ७ दिनको लागि नेपालीलाई सस्तोमा रारा ताल घुमाउनुका साथै रारा पदमार्ग सरसफाई पनि गर्दैछ ।

आन्तरिक एवं बाह्यपर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएको र त्यसको सफाई नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण सो कार्यक्रममा १५ वटा डस्वीन ३ सय देखि ५ सयको दुरीका राख्ने प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE