नेकपाले विशाल जनसभा गर्दै

८ मंसिर, नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुर्नठगनको अबसरमा आज काठमाडौँमा विशाल जनसभा गर्दैछ ।
भृकुटिमण्डपमा आयोजना गरिएको जनसभामा सहभागी हुन देशभरबाट नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारण काठमाडौँ पुगिसकेका छन् । नजिकका जिल्लाहरुबाट पनि यात्रा सुरु आइसकेको .नेकपाले बताएको छ ।
बाहिरबाट आउनेहरुको लागि नेकपा तथा उसका भातृ संगठनहरुले विभिन्न ठाउँहरुमा स्वागत गेट बनाएका छन् । ठाउँठाउँमा वाल पेन्टिङ गरेर विभिन्न नारा लेखेका छन् ।
कार्यक्रमको मंच तयार भइसकेको छ । दिउँसो १२ बजेबाट र्याली निकालिने नेकपाले बताएको छ । कालिमाटी, लैनचोर र बबरमहलबाट र्याली निकालिने छ ।
WRITE COMMENTS FOR THIS ARTICLE