शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

लैनचोरबाट जनसभामा सहभागी हुन अाएको जुलुस भृकुटीमण्डपतिर

८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको जनसभामा सहभागी हुन जुलुसहरु अगाडि बढेका छन् । देशभरबाट आएका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागीहरुले काठमाडौँका विभिन्न स्थानहरुबाट निकालेका जुलुसहरु मुख्य प्रदर्शनमा जोडिएका छन् ।

कालिमाटी, लैनचोर र बबरमहलबाट मुख्य प्रदर्शन सुरु भएका छन् । १२ बजेबाट सुरु भएका प्रदर्शन जनसभास्थल भृकुटीमण्डपतिर अगाडि बढेका छन् । लैनचोरबाट सुरु भएको प्रदेशन नाराबाजीसहित दरबारमार्ग हुँदै अगाडि बढिरहेको छ ।

नेकपाले जनसभास्थल परिवर्तन गरेसँगै प्रदर्शन बाहेक अन्य ठाउँको ट्राफिक प्रभावति भएको छैन । प्रदर्शनीमार्गमा हुन लागेको जनसभालाई पार्टीका प्रवक्ता प्रकाण्डसहितका नेताहरुले सम्बोधन गर्दैछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE