बिहिबार, माघ ८, २०७७
Thursday, January 21, 2021

बस दुर्घटनामा मृत्यु हुने ५ जना तीर्थयात्रीको सनाखत

८ मंसिर, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नं.५ की ७० वर्षिय वेचनी देवी यादव, २ की ६० वर्षिय शिकिला देवी साह, ४ का ५५ वर्षिय दिनेश रजक, सोहि वडाकी ५० वर्षिय बौकीदेवी रजक र वडा नं.५ की ६० वर्षिय भुखनी देवी यादव रहेका छन् भने ४८ जना यात्रु घाईते भएका छन् ।

घाइतेमध्ये गम्भिर भएका १४ जनालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

अन्य ३४ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को १ख २७९९ नं.को बस शुक्रवार राति अनियन्त्रित भई भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE