मङ्लबार, माघ १३, २०७७
Tuesday, January 26, 2021

क्यान्सर निको भएकाहरुको ‘पहिरन प्रदर्शनी र नृत्य’ हुने

८ मंसिर, काठमाडौं । नेपाल क्यान्सर सपोर्ट गु्रपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलो पटक सन्देशमुलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताई राखेका महिला र पुरुष गरी ३० भन्दा बढीले भाग लिने बताइएको छ ।

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत ८ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलो पटक सो प्रदर्शनी आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताईन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE