शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

ढोरपाटन नगरपालिकाको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

९ मंसिर, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ नवी गाउँमा आज बिहान २ बजेको आगलागी भएको छ ।

आगलागीबाट ३० घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए ।

ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिएको थियो ।
शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा नियन्त्रणमा लिएका थिए ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाईका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो ।

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भने , “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।”

नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE