बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

२ किलो गाँजासहित नरहाका ७० वर्षिय वृद्ध पक्राउ

९ मंसिर, काठमाडौं । लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक जना वृद्धलाई पक्राउ गरेको छ ।

२ किलो गाँजासहित नरहा गाउँपालिका-५ नरहाका ७० वर्षिय सिताराम यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको गाँजा फेला परेकाले पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका-१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ ।

चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजन वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE