बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

५ जना तीर्थयात्रीको सामूहिक दाहसंस्कार

९ मंसिर, काठमाडौं । तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको थियो ।

उनीहरुको डाक्नेश्वरी नगरपालिका-४ को खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताए ।

को १ ख २७९९ नं.को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षिय वेचनीदेवी यादव, ६० वर्षिय सकिलदेवी साह, ५५ वर्षिय दिनेश रजक, ५० वर्षिय बौकीदेवी रजक र ६० वर्षिय भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

सुनसरीको वराह क्षेत्रको दर्शन गरी फर्केको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनरुवास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE