बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

कांग्रेस बैठकमा विधान संशोधन मस्यौदा पेश, महासमिति बैठकले विधान पारित गर्ने

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा विधान संशोधन मस्यौदा पेश भएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गरेका हुन् ।

लामो समयदेखि मस्यौदाका विषयमा सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधान मस्यौदा केन्द्रीय समितिमा पेश गरेका हुन् ।

पदाधिकारी र संसदीय समितिको संख्याका साथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ ।

योसँगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् । फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने छ । यही मंसिर २८ गते देखि पुस ३ गतेसम्म काठमाडौंमा बस्ने महासमिति बैठकले विधान पारित गर्ने बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE