बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

महानगर सफाइ अभियानमा ब्रुमर शुरु

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकालाई धूलोधूवाँमुक्त गराउन भन्दै सहरी सौन्दर्य प्रवर्द्धन कार्यक्रम शुरु गरिएको छ ।

महानगरले मैतीदेवीस्थित सडकमा शनिबार ब्रुमर प्रयोग गरी सफा गरेको छ ।  त्यसका लागि विभिन्न स्थानमा ग्रिनरी तथा आइल्याण्ड बनाउने, नालीको फोहोर हटाउने र जेट मेसिनले सडक सफा गर्ने काम शुरु भएको छ ।

महानगरले थप ५ ब्रुमर खरिद प्रक्रियासमेत अघि बढाएको छ । वातवरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले सफाई अभियान हरेक शनिबार सञ्चालन गरिने छ ।

मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा उदघाटन गरेको अभियान बागबजार, मैतीदेवी हुँदै सिनामंगलसम्म पुगेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE