बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

३ महिनाको लागि क्रसर उद्योग सञ्चालन गर्न अनुमति

९ मंसिर, धादिङ । जिल्ला समन्वय समितिले क्रसर उद्योगहरुलाई ३ महिने अस्थायी सञ्चालन अनुमति दिएको छ ।

समितिले जिल्ला क्रसर व्यवसायी संघलाई पत्र लेख्दै हालसम्म संकलन गरेको कच्चा पदार्थ ३ महिनामा कुटानी तथा बिक्री वितरण गर्न भनेका छ ।

क्रसर उद्योगहरु मापदण्डविपरीत चलाइएको भन्दै गत साउनदेखि बन्द गरिएको थियो । समन्वय समिति संयोजक जगन्नाथ नेपालले पृथ्वीराजमार्ग वरपर मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गर्न र त्रिशूली दोहन गर्न नदिने बताए ।

त्रिशूली बचाउ अभियानका अभियन्तासमेत रहेका नेपालका अनुसार जिल्लामा सञ्चालित ३४ वटा क्रसरहरुमध्ये कतिपय दर्ता नै नगरी सञ्चालनमा ल्याइएका र केही ४ वर्षदेखि नवीकरण नै नगरी सञ्चालन गरिरहेको पाइएको छ ।

गल्छीका क्रसर व्यवसायी विनोद कार्कीले उपयुक्त स्थानमा उद्योगहरु सञ्चालनमा ल्याउन नसके डोजर, स्काभेटर, टिप्पर, लोडर, टयाक्टरलगायतका करोडौं रकम खर्च गरिएका उपकरणहरु थन्किने र व्यवसायी मारमा पर्ने बताए ।

जिल्लाका बालुवा तथा क्रसर उद्योगहरुका लागि मात्रै १२ सय स्काभेटर र डोजर, ६ सय ट्याक्टर, १५ सय टिप्परहरु सञ्चालनमा छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE