बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मदिरा सेवन गरी विद्यालय जाने प्रधानाध्यापक बर्खास्त

९ मंसिर, काठमाडौं । बुलिङ्गटार गाउँपालिकाको बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटी मादक पदार्थ सेवन गरेर विद्यालय गएका कारण बर्खास्त भएका छन् ।

नियमित रक्सी सेवन गरेर विद्यालय जाने गरेका कारण उनलाई पदबाट बर्खास्त गरेको शिक्षा विकास तथा समन्वय इकाईका जिल्ला प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

पदीय आचरणविपरीत कार्य गरेको भन्दै गत शुक्रबार उनीसँग स्पष्टिकरण लिँदा पनि चित्तबुझ्दो जवाफ नदिएकोले बर्खास्त गरेको बताइएको छ ।

उनलाई विद्यालयमा आचारण सुधारे पढाउन भने दिइने भएको छ । उनी त्यस विद्यालयमा ७ वर्षदेखि राहत दरबन्दीमा कार्यरत थिए । विद्यालयको छात्रवृत्ति रकम दुरुपयोग गरेको, मदिरा सेवन गरेर विद्यालयमै जाने गरेको, शिक्षकको तलब दुरुपयोग गरेको जस्ता आरोप लगाई साताअघि अभिभावकले विद्यालयमा तालाबन्दी गरेका थिए ।

उनीमाथि लागेको अनियमितता आरोपबारे छानबिन भइरहेको पोखरेलले जानकारी दिए । बस्ताकोटी बर्खास्तमा परेपछि शिक्षक दामोदर देवकोटालाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE