बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

लागु औषधसहित २ जना पक्राउ

१० मंसिर, चितवन । भरतपुर महानगरपालिका २ का २ जना व्यक्तिलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षिय केशव घले र २४ वर्षिय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट संकलित रकम बरामद गरेको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन, फेनारगन र ५ लाख ८० हजार १८० नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मंसिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो ।

उनीहरु भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताए ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE