बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रधानमन्त्रीको भनाई छोटो समयमै छिटो विकास गरेर देखाउँछौ

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई अब तीव्र रुपमा बढाउने बताएका छन् ।

सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सम्बोधन गर्दै उनले छोटो समयमा छिटो विकास गर्ने बताए ।

उनले भने,‘विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ,’ ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’

योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको भन्दै,‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ,’ अगाडी भने,‘कार्यदलले ल्याउने प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।’

समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइने बताए । ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ,’ उनले भने,‘अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस् ।’

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेकोे थियो ।

समितिका सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजयदत्त, डा.ध्रुवगौतम र डा.राजेश अहिराज रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE