बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

अनियन्त्रित ट्याक्टरले पेट्रोल पम्प भत्कायो

१० मंसिर, काठमाडौं । भारतको यूपी प्रदेशमा पेट्रोल पम्प नजिकै दुर्घटना भएको छ । मानवीय क्षति हुनबाट भने जोगिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । पछाडिबाट आएको ट्याक्टरले पेट्रोल पम्पमा तेल भरिरहेको मोटरसाइकललाई किचेको थियो । तर, मोटरसाइकलमा चढेका मानिसहरु दुर्घटनाबाट बचेका छन् ।

अनियन्त्रित भएर आएको ट्याक्टरबाट जोगिन उनीहरु हतारहतार मोटरसाइकल छोडेर भागेका थिए । पेट्रोल भरिरहेको मोटरसाइकलमा ट्याक्टर चढेपछि ब्लास्ट हुने खतरा थियो तर, हुन पाएन । पेट्रोल पम्पको मेसिन टुटेर खसेको छ, भने पम्पमा काम गर्ने मानिस किँचिदा घाइते भएका छन् ।

यो घटना पेट्रोल पम्पको सिसी टिभीमा कैद भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE