बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आज चौथो चरणको फुटबल प्रतियोगिता सकिने, पुछारका टोलीहरु प्रतिस्पर्धा गर्दै

१२ मंसिर, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको चौथो चरणको २ खेल आज सकिदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसअघि भएका खेलमा हिमालयन शेर्पा ३ खेलबाट ७ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ ।
एक खेलमा पराजित भएको हिमालयन शेर्पाले २ खेलमा जित निकालेको थियो । यता एक खेलमा पराजित भएको मच्छिन्द्रले २ खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र २ अंकसहित तालिको ११ औँ स्थानमा छ ।

दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगको पुछारका टोली हुन् । अहिलेसम्म सबै खेलमा पराजित दुवै टोली अंकविहीन छन् । जावलाखेल लिगको १३ औँ र फ्रेण्ड्स १४ औँ स्थानमा छन् ।

आज २ खेलपछि चौँथो चरणका खेल सकिँदैछ । पाँचौ चरणका खेल यही मंसिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE