बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

म्यानमारकी नेतृ सुकी काठमाडौंमा

१३ मंसिर, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक सिमीटमा भाग लिन नेपाल आइपुगेकी छिन् ।

उनको यो औपचारिक भ्रमणसमेत रहेकाले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन गरिएको छ । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो । सरकारले उनको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ । नेपालमा रहँदा उनी राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने छिन् ।

पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदायमाथि भएको हिंसामा चुप रहेको विषयमा उनको विश्वभर नै आलोचना भइरहेको छ ।  म्यान्मारमा भएको २०१५ को चुनावमा उनको पार्टी नेशनल लिग फर डेमोक्रेसीले भारी बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको छ ।

उनको श्रीमान विदेशी भएकाले राष्ट्रपति बन्न नमिल्ने संवैधानिक बाधापछि उनी राष्ट्रिय सल्लाकारको भुमिकामा रहेकी छिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE