बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

च्याम्पियन्स लिग फुटबलमा थप ४ टोली नक आउट चरणमा प्रवेश

१३ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएरातीका खेलपछि थप ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् । पाँचौ चरणका खेलपछि जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा ठाँउ पक्का गरेका हुन् ।

लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हाँसिल गरेका हुन् ।

खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २-० ले हराएको छ । समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेलेका छन् ।

उता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २-१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १-० ले पाखा लागएको छ ।

समुहबाट बार्सीलोना यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । एक खेल बाँकी छँदा टोटनह्याम र ईन्टर मिलानको समान ७-७ अंक छ । च्याम्पियन्स लिग समुह सि मा फ्रान्सको पि.एस.जी.ले इंग्लण्डको लिभरपूललाई २-१ ले हराउदा इटालीको नापोलीले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३-१ ले पराजित गरेको छ ।

यो समुहमा नापोलीको ९ अंक भएको छ । पि.एस.जी.को ८ अंक छ भने लिभपूलले ६ अंक जोडेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE