बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बर्खास्त मन्त्री सोडारीले सरकारी आवास सुविधाका सामाग्री आफूसँगै लगे

१३ मंसिर, काठमाडौं । पदीय मर्यादा विपरीत आचरण गरेको आरोपमा बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सरकारी आवासका सामान आफूसँगै लगेका छन् ।

सरकारी आवासका सामान मन्त्रालयलाई बुझाउनुपर्ने भएपनि पूर्व मन्त्री सोडारीले सरकारी आवासका सामान लगेर गएका हुन् । मन्त्रालय उच्च स्रोतका अनुसार सोडारीले सरकारी आवासमा रहेका सुत्ने पलङ, कम्प्युटर, प्रिन्टर लगायतका सामान लगेर गएका हुन् ।

तर सामाजिक विकास मन्त्रायले भने यस विषयमा बोल्न मानेको छैन् । बर्खास्तमा परेका मन्त्रीको बचाउ गरेको मन्त्रालयले मन्त्रीको आवासमा हेरेपछि मात्रै सो कुरा थाहा हुने जनाएको छ ।

पदिय आचरण विपरीत आचरण गरेको आरोपमा नेकपाले गत कार्तिकमा बर्खास्त गरेका सामाजिक विकास मन्त्रीले सरकारी आवासका सामान उठाएर लगेका हुन् । उनले सरकारी आवासमा रहेका व्याड विस्तरा, मोवाईल फोन, ल्यापटप कम्प्युटर, प्रिन्टर, टेलिभिजन लगायतका सामान लगेको खुलेको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार उनले सरकारी आवासका समानहरु लगेपछि नवनियुक्त मन्त्री कृष्णराज सुवेदीका लागि नयाँ सामान खरिद गर्नुपर्ने आवश्यकता देखिएको छ ।

दिनेश एफएमले सामाजिक मन्त्रालयसँग मन्त्रीको सरकारी आवासका लागि यसअघि खरिद गरेका सामान र नयाँ मन्त्री आएपछि खरिद भएका सामानको विवरण सोमबार नै माग गरेपनि उपलब्ध गराउन आनाकानी गरिएको छ ।

मन्त्रीको सरकारी आवासका लागि ११ लाख ७३ हजार खर्च गरेर सामानको प्रवन्ध मिलाइएको थियो । त्यसमध्येका अधिकांश सामान पूर्व मन्त्रीले गायब गरि दिएपछि फेरी खरिद गर्नुपर्ने भएको छ ।

विगतमा आवासमा के के सामान थिए भन्ने विषयमा जानकारी नभएपनि आवश्यक पर्ने केही सामान भने खरिद गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

बर्खास्तमा परेका सोडारीलाई मन्त्रालय भित्रका सामान गायब गरिएको विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा उनी सम्पर्कमा आउन नचाहेको बताइएको छ ।

अस्थायी मुकामबाट १५ किलोमिटर आसपासमा घर भएका उनले सरकारी आवास सुविधा लिन नपाउने नियमकोसमेत सोडारीले उल्लङघन गरेका थिए । उनको घर धनगढीमा हुँदा हुँदै सरकारी आवास सुविधा लिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE