बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

नेपथ्यको प्रस्तुतीले ततायो धनगढी

१४ मंसिर,धनगढी । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले विहीवार साँझ धनगढी रंगशालामा सांगितिक प्रस्तुत गरेको छ। सवा दुई घण्टा नेपथ्य ब्याण्डले आफ्नो प्रस्तुती गरेको थियो ।

नेपथ्यले धनगढीमा ८ बर्षपछि प्रस्तुती गरेको हो । नेपथ्यको सदाबहार पुराना हिट गीतदेखि नयाँ गीतहरु प्रस्तुती गरेका थिए । नेपथ्यका सदाबहार हिट गित ‘छेक्यो छेक्यो’, ‘चरि मर्यो’, ‘जोमसोमे बजार’ हुँदै ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’ ‘कोशीको पानी यो जिन्दगानी’ गितले दर्शकहरुले निकै मन पराएका थिए । राष्ट्रभक्तीले भरिएका गीत पनि अमृत गुरुङले गाएका थिए ।

गाएक अमृतलाई ड्रमसेटमा ध्रुव, काबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए । ब्याण्ड २५ औं बर्ष पुगेको अवसरमा दाताज ईभेन्टको आयोजनामा मेनसन नेपालको सहकार्य र दाह्ी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट गरिएको हो । कन्सर्ट ६ हजारले हेरेको आयोजकले जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE