बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

एक व्यवसायीको हत्या

१४ मंसिर, काठमाडौं । घोराही उपमहानगरपालिका-१३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ ।

घोराहीको वडा नं.१४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षिय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्यामा संलग्न भएको आशङ्कामा साँझ नै प्रहरीले एक जनालाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेका छन् । हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE