बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रधानमन्त्री ओलीसँग सुचीको भेटवार्ता

१४ मंसिर, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् ।

भेटवार्तामा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईको उपस्थिति रहेको थियो ।

नेपाल र म्यानमारबीच शुक्रबार नै आपसी सहकार्यका विषयमा सम्झौता हुने बताइएको छ । काठमाडौंमा आयोजना हुन गइरहेको एशिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुची नेपाल आएकी छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE