बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

राष्ट्रपति भण्डारीसँग सुचीको भेटवार्ता

१४ मंसिर , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छिन् ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरु पनि सहभागी रहेका थिए । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार नै काठमाडौं आएकी हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE