बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

सरकारको सय दिन पूरा भएको उपलक्ष्यमा सम्बोधनमा, अर्थतन्त्र सुधारलाई पहिलो प्राथमिकता

१४ मंसिर, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागि परेको र केही समयमा विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार सरकारले सय दिन पूरा गरेको उपलक्ष्यमा गरेको सम्बोधनमा उनले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधार जस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गरेका हुन् ।

वर्तमान सरकारले सय दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरु पनि शुरु गरेको बताए ।

गत अगस्ट १८ का दिन आफ्नो कार्यकाल शुरु गर्ने क्रममा प्रधानमन्त्री खानले सरकारको सय दिने कामको एजेन्डा प्रस्तुत गरेका थिए । सरकारले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ ।

सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउने जनाइएको छ ।  यी कार्यक्रमहरुका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरुमा विशेष गरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ ।

सरकारले अघि सारेका यी सबै कार्यक्रमहरुमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिएका छन् अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE