बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

३ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

१४ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१६मा भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले भारत कलकत्ता घर भएका ३६ वर्षिय एकलाख शेखलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको भन्सार गुल्मबाट खटिएको टोलीले भन्सार मुलगेटमा चेकजाँचका क्रममा उनको शरीरबाट ३ किलो चरेश बरामद गरेको थियो ।

नेपालबाट भारत रक्सौलतर्फ जाँदै गर्दा शरीरमा सेटिङ्ग गरी चरेश लुकाएर लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका शेखलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएकोे छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE