बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

उल्भरह्याम्टनको हारसँगै कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो

१५ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ ।

उल्भरह्याम्पटनलाई २-१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन र जुनियर होइलटले गोल गरे । खेलमा अग्रता भने उल्भरह्याम्टनले लिएको थियो ।

१८ औं मिनेटमा म्याट डोकर्टीले गोल गर्दैसुरुवाति अग्रता दिलाए । तर दोस्रो हाफमा कार्डिफ खेलमा फर्कियो । उसका लागि गुनार्सनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा होइलटले गोल गर्दै जित दिलाए ।

जितपछि १४ खेलबाट ११ अंक भएको कार्डिफ १५ औँ स्थानमा उक्लिएको छ । १६ अंकसहित उल्भरह्याम्टर ११ औं स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE