बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

पूर्व राष्ट्रपति बुशको निधन

१५ मंसिर, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । अमेरिकाका ४१ औँ राष्ट्रपति बनेका उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए ।

साथै तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्यका लागि महत्पवूर्ण भूमिका निर्वाह गरेका थिए । उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE