बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आतंकवादी हमलामा परी ९ जना नेपाली घाइते, एकको अवस्था गम्भीर

१५ मंसिर, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी ९ जना नेपाली घाइते भएका छन् ।

घाइतेमध्ये ३ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उपचार भइरहेको भारतस्थित नेपाली दुताबासले जनाएको छ ।

दुताबासका अनुसार १ को अवस्था गम्भीर छ । ‘ ३ जनालाई सामान्य उपचारपछि शुक्रबार जिस्चार्ज भएको र ६ जना अस्पतालमै रहेका छन् ’ दुताबासका प्रवक्ता हरि विडारीले भने ।

घाइते नेपालीको काबुलस्थित नर्थ केएआइए हस्पिटल र बागराम हस्पिटलमा उपचार भइरहेको छ ।

घाइते हुनेमा झापाका तेजप्रसाद आचार्य, मोरङका दुर्गाप्रसाद उप्रेती, तेहथुमका लक्ष्मण तुम्बाहाम्फे, ताप्लेजुङका पेम्बा शेर्पा, रुपमन्देहीका ताराबहादुर राई धादिङका वीरबहादुर थापामगर, काठमाडौंका श्यामकुमार थापामगर कास्कीका दलबहादुर थापामगर र तनहुका प्रकाश थापा छन् ।

घाइते मध्ये केहीलाई गोली लागेको र केहीलाई बमको छर्रा लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE