बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

कालो सूचीका ३६ मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीको भविष्य अन्योलमा (क्याम्पसको नामसहित)

१५ मंसिर, काठमाडौं । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबै भन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो ।

त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले आग्रह गरेको थियो । बंगलादेशका नेपाली राजदूत डा.चोपलाल भुसालले उक्त कालो सूची कायमै रहेको बताए । उनले भने,‘अध्ययनका लागि सहमति दिँदा थप सजगता अपनाउन हामीले गत वर्षदेखि नै मुलुकका आधिकारिक निकायलाई आग्रह गर्दै आएका छौं ।’ कालो सूचीमा रहेका कलेज बन्द भए त्यसको जिम्मा कसले लिने जस्ता प्रश्नसमेत उठेका छन् ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले कालो सूचीका मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीको यकिन संख्या र स्थिति अन्योलग्रस्त रहेको बताए ।

नेपाली दूतावासमा सम्पर्क गरेर वस्तुस्थिति बुझेर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपत्र लिएर विद्यार्थी भिसामा आउनुपर्ने बताईन्छ । बंगलादेशका मेडिकल कलेजमा डिसेम्बर अन्तिम सातादेखि भर्ना सुरु हुने औंल्याउँदै यादवले अहिले नै कन्सलटेन्सी, दलालमार्फत मात्र नभई विद्यार्थी आफंैले समेत सिट बुक गर्न लागेको जनाए ।

उनका अनुसार अझै कालो सूचीका मेडिकल कलेजमा समेत अवैध रूपमा नेपाली विद्यार्थीको भर्ना जारी छ । ‘कालो सूचीका मेडिकल कलेजमा गत वर्षदेखि हामीले पढ्न अनुमति दिने गरेका छैनौं,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा भन्छन्, ‘तर धेरैजसो विद्यार्थीले काउन्सिलबाटै स्वीकृति लिएरै यस्ता कलेजमा गएका हुन् ।’

काउन्सिलले बारम्बार सचेत गराउँदासमेत नेपाली विद्यार्थी बंगलादेशका अन्योलग्रस्त कलेज र विश्वविद्यालयमा पढ्न गएको दाबी उनले गरे । कालो सूचीका मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी भविष्यमा मुलुकमा चिकित्सकीय अभ्यास गर्न नपाउने स्थितिसमेत आउन सक्ने उनले बताए ।

कालोसूचीका मेडिकल कलेज र विश्वविद्यालय

१.नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी, ढाका
२.केयर मेडिकल कलेज, इकवाल रोड, मोहम्मदपुर ढाका
३.शाहबुद्दिन मेडिकल कलेज, गुलसन, ढाका
४.आइची मेडिकल कलेज, अब्दुल्लाहपुर, ढाका
५. अल(डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरनीगन्ज, ढाका
६.साफेना डेन्टल कलेज, डीआईटी रोड, ढाका
७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
८.सिटी मेडिकल कलेज, गाजीपुर
९.नाइटिंगेल मेडिकल कलेज, साभार
१०.बीजीसी ट्रस्ट मेडिकल कलेज, चिटगाउँ
११.जलालावाद रागिव(रवैया मेडिकल कलेज, सिलहट
१२.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ
१३.गोनोस्वास्थ्य समाज भित्तिक मेडिकल कलेज, साभार
१४.द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
१५.युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी, चटगाउँ
१६.आईबीएआईएस युनिभर्सिटी
१७.क्विन्स युनिभर्सिटी
१८.सिलहेट इन्टरनेसनल युनिभर्सिटी
१९.साउद्रन युनिभर्सिटी बंगलादेश
२०.प्रिमियर युनिभर्सिटी
२१.ब्रिटानिया युनिभर्सिटी
२२.गोनो विश्वविद्यालय
२३.आसियान मेडिकल कलेज
२४.बसुन्धरा एड(डिन मेडिकल कलेज
२५.अब्दुल हमिद मेडिकल कलेज
२६.ब्रम्हनबरिया मेडिकल कलेज
२७.युनिभर्सल मेडिकल कलेज
२८.केयर मेडिकल कलेज
२९.पार्कभ्यु मेडिकल कलेज
३०.यूएस बंगला मेडिकल कलेज, नारायणगन्ज
३१.चट्टग्राम इन्टरनेसनल मेडिकल कलेज
३२.विक्रमपुर भुइयान मेडिकल कलेज
३३.मोनोआरा सिक्दर मेडिकल कलेज
३४.मेराइन सिटी मेडिकल कलेज, राजशाही
३५.शाह मक्दुम मेडिकल कलेज, राजशाही
३६.एचएमसीएच मेडिकल कलेज, चटगाउँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE