बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आज शेयर बजारमा दोहोरो अङ्कले गिरावट

१६ मंसिर, काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्यमा दोहोरो अंकले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७।७३ अंकले घटेर ११३०।६३ पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।८९ अंकले घटेर २४०।२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ । सो उपसमूह २।९६ अंकले बढेको छ ।

यस्तै बैँकिङ १५।५८, होटल ३३।२६, विकास बैंक ११।३३, जलविद्युत १६, फाइनान्स ५।०७, निर्जीवन बीमा १३९।५१, उत्पादन २।७३, अन्य ७।७३, लघुवित्त २८।८५ र जीवन बीमा १०५।६७ अंकले घटेको छ ।

विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE