बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

१७ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नं.को स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

उनी आफैले स्कुटर चलाउँदा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते उनलाई बा १६ च ६८०२ नं.को कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE