बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ऋषीदह छाउगोठ मुक्त घोषणा

१७ मंसिर, अछाम । मेल्लेख गाउँपालिका-१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल-२ को डाँडासिरीमा पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए ।

जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो २ वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ ।

छाउपडीको नाममा विभिन्न संघ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर व्यवहारमा छाउपडी कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी छाउगोठमुक्त घोषणा गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE