बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

न्याय माग्दै अधिकारकर्मीको धर्ना शुरु, प्रशासनको कामकाज ठप्प

१७ मंसिर, कञ्चनपुर । न्याय माग्दै पीडित परिवार धर्नामा बसेका बेला महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना सुरु गरेका छन् ।

अधिकारकर्मीहरु गेटमै धर्ना बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाज ठप्प भएको छ । पीडित परिवारको धर्ना यथावत रहेका बेला थप दवाव सृजना गर्न अधिकारकर्मीहरुले धर्ना शुरु गरेका हुन् ।

टाउकोमा कालोपट्टी बाँधेर छातीमा निर्मलाको तस्विरसहितको पोष्ट टाँसेर अधिकारकर्मीहरु धर्नामा बसेका हुन् ।
परिवारले शुरु गरेको अनिश्चितकालिन धर्नामा सहभागि हुँदै आएका अधिकारकर्मीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरि सोमबारदेखि छुट्टै धर्ना सुरु गरेका छन् । बिहान ११ देखि साँझ ४ बजेसम्म २ दिन धर्ना बस्ने कार्यक्रम तय गरिएको छ ।

गेटमै धर्ना बसेपछि कामकाज ठप्प हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । विभिन्न कामले आएका सेवाग्रहीहरु प्रशासन भित्र नपसेरै फर्केका थिए ।

तेस्रो दिन टर्च लाइट बालेर सांकेतिक रुपमा न्याय खोज्ने र चौथो दिन मानव सांग्लो बनाएर दवावमुलक रुपमा विरोध जनाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताएकी छिन् ।

उनले त्यतिबेलासम्म पनि हत्यारा सार्वजनिक नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् ।  कार्तिक २५ गतेदेखि हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवार पनि जिल्ला प्रशासन कार्यालयको अगाडि धर्नामा बसेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE